नेपाली आकाशमा ७० मिनेट

यो साता मैले भुई छोडें । पच्चीस बर्षे जिन्दगीको यो पहिलो अनुभव थियो। रोटे पिङको धुरीसमेत नाघिएको थिएन बिगतमा । ओखढुङ्गाको रुम्जाटारको लागि उडेको जहाज सिनामंगलको खेतैखेत उक्लिन थालेपछि ‘पशुपति नाघिएला कि’ भन्ने पिरलो पनि सजिलै पन्छिएको थियो ।

नेपाल एयरलाईन्सको उक्त ट्वीनअटर जहाज जब डाडो चढ्न थाल्यो, देशको राजधानीको हवाई दृश्य मजैले देखियो । जसै काठमाडौको आकाशे दृश्य देखियो हरिबंश आचार्यको याद आईहाल्यो । ‘डाडाको वीचमा ईट्टाको डुङ्गुर डुङ्गुरमा बस्छ सुङुरै सुङुर के हो? काठमाडौ ! नम्बर ! नम्बर !!  आफैलाई सुङुर भन्दै गर्वले फुलेर नम्बर मागिरहेको बबुरो हरिबंश । त्यो बबुराको याद काभ्रे मास्तीरको आकाशमा पुगेपछि बल्ल पातलो भो ।

जहाज जतिजति उकालो चढथ्यो आफुलाई सुरक्षीत ठानेर दङ परिन्थ्यो तर जब जहाज ओरालो झथ्र्यो र यसो दायाबाया कोल्टिन्थ्यो ‘लौ सकिने भईयो ‘ भनेर मनै भरङ्ग हुन्थ्यो । जहाजभन्दा मास्तिर आखा दौडाउदै गर्दा कपासझै उडिरहेका बादलका सेता टुक्रा र आखैभरि हेरिरहुझै लाग्ने हिमालको दृश्यले स्बर्ग यतै बरिपरि कतै छ कि भनेझै लाग्थ्यो । तर तल छङ्गाछुर भिर र र डम्मेरका सोलाझै तिखारिएका पहाड देख्दा ‘एकबारको जुनी यतै खोचतिर सकिने हो कि’ भन्ने पीरले उत्पातै घेथ्र्यो । रुम्जाटार जादा आउदा यात्राभर देखिएका डरलाग्दा डाडाकाडालाई मैले घोप्टेभीर, घ्याङफेदी, घुन्सा, भटटेडाडा र शिखरपुर आदि नाम दिएँ  र तर्सिएँ  पनि ।

नाङ्गा बनपाखा । नजोतिएका गरा । रातामाटाका उजाड डाडा ।जसोतसो डोजरले डामेका धेरथोर बाटा । कुनै डाङडुङे ड जस्ता त कुनै कुकुरपुच्छ्रे ढ जस्ता । सबै लमतन्न पसारिएका । छरपस्ट बस्ती । खोचको मुनी सर्पझै गुडुल्कीएर सुतेका लामा खोलाले पनि निकै पिरले मलाई । खोलाको दायाबाया ढुंगेबगर । आडैमा काकाकुल गराकान्ला । पटपटी फुटेका जस्ता । पानीलाई उभोउभो बगाउने प्रबिधि नभएपछि ‘कुलो माथिका खेतहरु’  बेस्सरी रुदा रैछन । मैले त्यस्तै अनुभव गरें ।

बाहिरको दृश्य धेरैबेर हेरेपछि मैले जहाजभित्र आखा डुलाएँ । एकाध बाहेक धेरैजसो यात्रुको अनुहार गरिबीले डामेझै लाग्यो। उनीहरुको लवाई हाउभाउ, शुष्क अनुहार र डराएर कापेका आखाले त्यस्तै भाका बोलिरहेझै लाग्यो मलाई । एयरहोस्टेजले चकलेट र कपास बाडदै गर्दाको लुछाचुडी र उनले ‘पख्नुस न पालैपालो दिन्छु नी’ भन्दै फकाउदै गरेको दृश्यले धेरै अर्थ लगाईरहेको थियो । किन आमै यतिधेरै कपास? हातभरी कपास मुठयाएकी एक बृद्धालाई मैले सोधें। ‘बत्ती कात्न काम लाग्छ नी  बाबु ‘  उनले कपास झोलातिर थन्क्याईन।

बाहिरको दृश्य हेर्ने रहरले छोडेन। हरियो बन नेपालको धन एकादेशको कथा बन्न लागेझै जस्तो देखियो । डाडाका टुप्पाटुप्पामा  खर र टिनले छाएका घर र तिनका बरिपरिका ठुटाबुटा र पोथ्रापोथ्री हेर्दै मैले ‘रित्तो बन रित्तो मन’ को अनुमान गरे। कालाकाला डरलाग्दा ‘भालुपहाड’ देख्दा भने ‘बजियाले पेटभित्र सुनैसुन पो लुकाको छ कि ‘ भन्दै खुबै मुख मिठयाईयो पनि ।

काठमाडौबाट ओखलढुगाको रुम्जाटार बिमानस्थल पुग्दा र काठमाडौ फर्किदाको सत्तरी मिनेटमा मैले ओखलढुंगा खोटाङ रामेछाप काभ्रे र काठमाडौको आकाशमा उडें होला। काठमाडौमा सिमेन्टीको खात र ईटाको डुङ्गुर भक्तपुरका बडाबडा ईट्टाभट्टाका चिम्नी र रामेछाप ओखलढुंगाका उजाड डाडाकाडा देख्दा मेरो मन एकतमासको भो । पाखामा बस्नेका कष्टकर जीवनलाई सरकारी पैसामा यस्ता धेरै डाडाकाडा धेरैपटक नाघेका सिहदरबारका हुटटीट्याउहरुले फिटिक्कै आत्मसात गरेझै लागेन।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पानीपधेरो बनाउनेहरुले यसलाई ‘गंगबु बसपार्क] को संज्ञा दिएपनि मलाई भने यो सुन्दर नै लाग्यो । तर रुम्जाटार विमानस्थललाइ पुगेपछि फेरि मन भरङ भो । बास र चित्राले बनेको यात्रु प्रतिक्षालय, बासकै गेट, कच्ची र जीर्ण धावनमार्ग  थोत्राथोत्री भवन र शौचालयबिहिन विमानस्थल देखेपछि नेपाली क्याप्टेनहरुलाई धन्यबाद दिन मन लाग्यो । नेपाली आकाशमा जहाज प्रबिधिको आडमा होईन ,क्याप्टेनको आट र सिपको बलमा, उडाईदो रैछ । ‘हावामा उडाउन बाध्य पारिएका’ नेपाली क्याप्टेनहरुको जय होस।

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: