मर्न मिल्ने बाटो (कविता)

कोरोनाले तर्सिएको सग्लो जिन्दगी
खुट्टाले नापेर देश पस्यो,
क्वारेन्टाइनमा बस्यो ।
कोरोना सल्किएको देशमा
कोरोनाले मर्न मिल्दैन
पखालाले मर्न मिल्छ ।
मिल्ने बाटो समातेपछि
सरकारलाई गाली गर्न मिल्छ ?
सदाको लागी अस्ताएको
राजुको सदाको आत्मालाई सोध्नु,
आत्मा कोरोनामुक्त छ ।

सडकमा भोकै मर्नु
धारो छुन नपाएर नदीतिर झर्नु
क्वारेन्टाइनमा पासो लगाएर मर्नु
कोरोनाको मापदण्ड होइन ।

सके तारिफ गर्नु, नसके खेदो नगर्नु ।
सरकार कोरोना भगाउँदैछ,
लसुन बेसार लगाउँदैछ ।
भोज, भण्डारा लगाउँदैछ ।
भोकै मर्न मिल्छ,
बाटोमा अलपत्र पर्न मिल्छ ।
पखालाले छटपट गर्न मिल्छ ।
सरकारसंग खटपट गर्न मिल्दैन ।
नमिल्ने कुरो नगर्नु ।

(२०७७ साल असार ११ गते बिहिबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website at WordPress.com
Get started
%d bloggers like this: