गम्भीर संक्रमण बात (कविता)

संक्रमण गम्भीर छ ।
गम्भीर संक्रमण छ ।
पेटभरि बात मार्न
एउटा कोठा चाहिएको थियो ।
धान राख्ने कोठोजत्रो कोठामा
भूमिगत बात गर्न मिल्छ ।
गम्भीर बात गर्न मिल्दैन ।
आपत टार्न साहुँ खोजिरहेछु ।
डाक्टर पछि खोजम्ला ।
मलाई डिस्टर्व नगर्नु ।
गम्भीर संक्रमण बात गर्नु छ ।

अक्सिजन सिलिन्डर ?
खोज्दै गर्नु ।
ओखती एम्बुलेन्स ?
बुझ्दै गर्नु ।
बेड भरिए ?
भुइँ भर्नु ।
तर डिस्टर्ब नगर्नु ।
गम्भीर संक्रमण बात गर्नु छ ।
आँत भरिने बात गर्नु छ ।

गतिला कोठा भएको
साहुँ नभएको
कस्तो गरिब देश बनाईएछ ।
दिनदिनै छिनछिनै
पार्टीमा संक्रमण भईरहन्छ ।
गम्भीर बात गर्नलाई
कतै कोठा खाली छैन ।
तपाईंसंग
गम्भीर संक्रमण बात गर्न मिल्ने
कोठैकोठाको प्रोजेक्ट छ ?
ल्याउनुस् ।
म फ्याट्ट शिलान्यास गर्दिहाल्छु ।
(२०७८ साल बैशाख ३० गते बिहिबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: