त्यो पर्दैन !

सत्य निष्ठा ?
त्यो पर्दैन !
किन पर्दैन ?
हामीले खेलेको राजनीतिमा
सत्य र निष्ठा घुलेको भए
देश यसरी भुल्दैनथ्यो ।
सपथको कुलतमा झुल्दैनथ्यो ।
नागरिक बचाउने
प्राणवायु बोकेर
कुदेको कुद्यै गर्नुपर्ने
कष्टकर घडीमा
धूँवा उडाउँदै
सपथ खान हिडेको हुल
संसारमा कतै देख्नुभा छ ?
त्यसैले त्यो पर्दैन ।
महामारीको भेलमा
सत्य निष्ठा बाँचेछ भने
सपथ साँचेर राख्नुहोला ।
फेरि दोहोर्याएर खाउँला ।
अहिलेलाई त्यो पर्दैन ।
(२०७८ साल बैशाख ३१ गते शुक्रबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: