देशको विघटन (कविता)

विघटन र विखण्डनको कुलतमा फसेर
एकादेशको शासकले
विघटनको लामो सूची निकाल्यो
र राजपत्रमा छाप्यो ।
विघटनको सूचीमा
धेरैथोक भेटियो ।
भाइरल भएको भाइरस भेटिएन ।
निषेधाज्ञाले कोपरेको भोक भेटिएन ।

संसद विघटन भयो ।
संसारले थाहा पायो ।
अदालत विघटन भयो ।
तराजुले थाहा पायो ।
विश्वविद्यालयहरु विघटन भए ।
किताबले थाहा पायो ।
संविधान विघटन भयो ।
कलमले थाहा पायो ।
अस्पतालहरु विघटन भए ।
अक्सिजनले थाहा पायो ।

विघटनको सूची लामो थियो ।
प्रकार अनेक—अनेक थिए ।
देखिने—नदेखिने विघटन ।
लेखिने—नलेखिने विघटन ।
बुझिने—नबुझिने विघटन
भनिने—नभनिने विघटन ।

समय ढल्दै गयो ।
विघटन चल्दै गयो ।
नैतिकताको विघटन भयो ।
आदर्शको विघटन भयो ।
विधिको विघटन भयो ।
थीतिको विघटन भयो ।
विघटन गर्नुपर्ने धेरै ‘थोक’ थिए ।
उ ‘खुजुरा’ मै रमायो ।
भाइरस देशैभर भाइरल भएको थियो ।
पोल्टा र चुलामा निषेधज्ञाको डाम थियो ।
शव लस्करै पालो पर्खिरहेका थिए ।

विघटन र विखण्डनको
लामो यात्रा पार गरेपछि
आफैंले आफैंलाई
विघटन गरेको घोषणा गर्नुअघि
उसले देशै विघटन भएको घोषणा ग¥यो ।
र भन्यो—
मैले टेकेको धरतीको अस्तित्व
विघटन गर्न सकेपनि
आँखाले देखेको
सिंगो आकाश विघटन गर्न सकिन ।
मलाई त्यसैमा खेद छ ।
……
(२०७७ साल जेठ ८ गते शनिवार इकागज डटकममा प्रकाशित)

साभार—इकागज डटकम

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: