इजलासमा लाप्पा (छोटो कथा)


सधैंझैं इजलास बस्यो । तर माहोल सधैंको जस्तो थिएन । माननीय न्यायधीशज्यू बहसबाट पटक्कै खुशी देखिनुभएन । विद्धान अधिवक्ताद्धयको बहस लम्बेतान त थियो तर पटक्कै जोशिलो थिएन ।

बहस सकिएपछि माननीय न्यायधीशले लामो हाइ काढ्नुभो र बोल्नुभो— वादी र प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ताद्वयको लामो बहस त सुनियो तर पटक्कै मजा आएन । यसो गरौं विद्वान अधिवक्ताद्वय । न्यायलयमा अब अलि नयाँ र मौलिक अभ्यास गरौं । तपाईंहरू एक आपसमा लाप्पा खेल्नुस्। नेपाल बार एशोसिएशनको ढोकामा तपाईंहरुले लाप्पा खेल्नुभएको भिडियो मैले ४०—५० पटक हेरें । जति हेरेपनि अघाईएन । अब बारमा मात्र किन, इजलासमै लाप्पा खेलौं न । मलाईपनि प्रतक्ष्य लाप्पा हेर्ने मन छ । त्यसैले बारको ढोकामा खेलेजस्तै लाप्पा यो इजलासमा खेल्न तपाईंहरुलाई आदेश दिन्छु। समय जम्मा ५ मिनेट मात्र । जसले लाप्पा जित्छ, उसैको पक्षले मुद्दा जित्ने फैसला गरिदिनेछु। आजको बहससहस तहसनहस । त्यसलाई गोली मार्नुस्। यो मुद्दाको फैसला लाप्पाबाट हुनेछ । आईटी हेर्ने इन्जिनियरलाई पनि अदालतको फेसबुक पेजबाट यो ऐतिहासिक लाप्पाको प्रतक्ष्य प्रसारण गर्न आदेश दिन्छु ।

अदालतमा एकछिन सन्नाटा छायो । न्यायमूर्तिको अनुहार गम्भीर थियो । उहाँले ठट्टा गर्नुभो कि ब्यङ्ग्य गर्नुभो, विद्धान अधिबक्ताले मेसै पाएनन् । “लाप्पाको समय शुरु भयो” भनेर ढ्याङ्ग आवाज आएपछि अधिबक्ताहरु लाप्पा खेल्ने आदेश ख्यालख्यालको होइन रहेछ भन्नेमा सचेत भए । यसरी अचानक अदालतको इजलासमा ऐतिहासिक लाप्पा प्रतियोगिता शुरू भयो। विद्वान अधिवक्ताद्वय कोट भिरेरै लाप्पा खेल्न थाले। उपस्थित सबैले सिठी बजाईरहे । माननीय न्यायधीशज्यूको आदेश अनुसार ५ मिनेटमै लाप्पा सकियो । न्यायधीशले फैसला सुनाउनै परेन । फैसला त्यसै बुझियो । न्यौपाने पक्षले मुद्दा जित्यो। त्यसै बुझिएको न्याय हेर्दै आजको इजलास उठ्यो।

कथा सकियो तर ब्यथा सकिएन । त्यो दिन इजलास त उठ्यो तर न्यायलयको इज्जत त्यो दिनबाट उठ्नै सकेन । थला परिरह्यो ।
(२०७८ साल कार्तिक १२ गते शुक्रबार)

Published by milanbagale

मेरो ब्लगमा तपाईंहरुलाई हार्दिक स्वागत छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Create your website with WordPress.com
Get started
%d bloggers like this: