भक्तपुर कमलविनायकका २६ बर्षीय विकल प्रजापतिको हातमा अनेक सीप छ । कामचलाउ हैन, उम्दा सीप । पढाईले वास्तुकार (आर्किटेक्ट) हुन् उनी । जागीर छोडेर घरमै बसेर काम गरिहरेका उनी आफ्नै परामर्शदातृ संस्था खोल्ने तयारीमा छन् । मूर्तिकला त उनको कला यात्राको जग नै हो । कमलविनायकमा रहेको प्रजापति परिवारको पुस्तौनी पेशा नै माटोको भाडा बनाउनुContinue reading “‘स्पिड आर्ट’ का उदाउँदा प्रतिभा”
Author Archives: milanbagale
पहुँचयुक्त संरचनाको शब्दचित्र
कुनै पनि व्यक्ति आफ्नो घरबाट कार्यालय, विद्यालय वा आफू जानु पर्ने ठाउँसम्म निर्वाध तरिकाले पुग्न, प्रवेश गर्न, घुमफिर गर्न, संरचनाभित्रका सेवा सुविधा प्रयोग गर्न र काम फत्ते गरेर फर्किन कुनै पनि किसिमको भौतिक पूर्वाधारजन्य अवरोध छैन भने त्यस्तो अवरोधमुक्त समाजलाई पहुँचयुक्त समाज भनेर भनिन्छ । तर हाम्रो समाजको चित्र यसको ठिक उल्टो छ । राजधानीContinue reading “पहुँचयुक्त संरचनाको शब्दचित्र”
न्वाइ (न्वागी) खाने दिनको सम्झना
ठूला एकादशी सकिएसंगै ठूला चाडवाड लगभग सकिन्छन् । ठूला चाडवाड सकिएपनि गाउँले जीवनमा रंग भर्न ससाना चाड निरन्तर आईरहन्छन् । हेर्दा ससानो तर ठूलै उमंग भित्र्याउने चाडमध्ये एक न्वागी खाने दिनपनि हो । दशैं सकिएसंगै धान पहेलिंदै गएपछि र भकारी रित्तिकै गएपछि साईत हेरेर न्वागी खाने दिन निस्कन्थ्यो । हुनलाई भदौ असोजतिर घैया पाक्छ तरContinue reading “न्वाइ (न्वागी) खाने दिनको सम्झना”
ठूला एकादशी र शिशाघाट मेलाको सम्झना
आज हरिबोधनी एकादशी अर्थात कार्तिक शुक्लको एकादशी । असार शुक्ल एकादशीमा तुलसी रोप्ने र आजको दिन तुलसीको विहा गराउने आम प्रचलन छ । हाम्रो गाउँ सेरोफेरो (रिस्ती उपत्यका) तिर आजको एकादशीलाई ‘ठूला एकादशी’ पनि भनिन्छ । ठूला एकादशीको तयारी र रमाईलो ठूलै हुन्थ्यो । सरकारी विदा नभएपनि सेरोफेरोका सबैजसो विद्यालयले स्थानीय विदा दिन्थे । थामिनसक्नुContinue reading “ठूला एकादशी र शिशाघाट मेलाको सम्झना”
गाउँको तिहारको सम्झना
कोरोना कहरको यो बर्षको तिहारले कुनै उमंग ल्याएको छैन । आयो—गयो भनेजस्तै मात्र भयो यसपालीको तिहार । यो बर्ष यसो हुनु जरुरीपनि छ । यसपाली कोरोना आफूले पनि नसार्ने र आफूमा पनि नसार्ने संकल्पसहित मनाउनुपर्छ । म पनि त्यसै गरिरहेछु । झिलिमिलि बत्तीको गुजुल्टोले सर्लक्कै जेलिएका घरहरुलाई हेरिंरहँदा मेरो मनचाहि उडेर गाउँतिर गैरहेछ । बत्तीContinue reading “गाउँको तिहारको सम्झना”
होम आइसोलेशन, बसोबास शैली र हाम्रा घरबस्ती….
कोरोनाको कहर बढ्दै जाँदा ‘हर घर क्वारेन्टिन’ हुँदै ‘हर घर आइसोलेशन’ का लागि मानसिक र भौतिक रुपमा तयार हुनुपर्ने बाध्यता बढ्दो छ । अस्पतालमा बेड नपाईने अवस्था दिनदिनै बढ्दो छ । घर क्वारेन्टिनमा बस्नेको त तथ्यांक भेटिदैन । एक दिनमात्र कतै गईयो भनेपनि फर्केर केहीदिन घरमा अलक्क बस्नुपर्ने अप्ठेरो अवस्था आएकोले र त्यसरी बस्नेको रेकर्डContinue reading “होम आइसोलेशन, बसोबास शैली र हाम्रा घरबस्ती….”
घुमघामका अप्ठेरा घुम्ती
नेपालले सन् २०२० लाई घुमघाम वर्ष (पर्यटन वर्ष) का रुपमा मनाउने रहर गरेको थियो र त्यसै अनुरुपका कार्यक्रमहरु बनाएको थियो । कोभिड–१९ विश्व भ्रमणमा निस्किएसँगै यो कार्यक्रमा ब्रेक लाग्यो । घुम्नु परको कुरा, घरबाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था आयो । अहिले त नागरिक डर प्रतिरोधी भइसकेका छन् । डराएर होइन, सचेत भएर तथा सुरक्षा मापदण्ड पालनाContinue reading “घुमघामका अप्ठेरा घुम्ती”
कोरोना कहरको डायरी पल्टाउँदा….
सन् २०१९ को डिसेम्बर महिनामा चीनको बुहान प्रान्तबाट फैलन शुरु गरेको कोरोना भाइरस नेपालमा २०७६ साल चैत १० गते प्रवेश गर्यो । भाइरस पसेको खबर भाइरल हुनु अगावै नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने दबाव महसुस गरिसकेको थियो । त्यसकारण तयारी पूरा भैसकेको एसइइ परिक्षासमेत रोकियो । चैत ११ गतेबाट नेपालमा लकडाउन शुरु भयो । सिंगोContinue reading “कोरोना कहरको डायरी पल्टाउँदा….”
कोरोनाकालको दशैं र गाउँको सम्झना
कोरोना कहरको यो बर्ष जो जहाँ छौं, त्यही अलक्क दशैं मनाउनुपर्ने अवस्था छ । यसपाली शहरबाट दशैंमा घर जानेको संख्या बेस्सरी पातलियो । ट्राफिक प्रहरीको तथ्यांकले त्यही भन्छ । दशैंको मुखमा शहरबाट गाउँ जानेको संख्या पातलिनुलाई सुखद मान्नुपर्ने भएको छ । चाडवाडमा कोरोना फैलियो भने त्यसले अकल्पनीय कष्ट जन्माउँछ । जेष्ठ नागरिक र अन्य रोगContinue reading “कोरोनाकालको दशैं र गाउँको सम्झना”
राष्ट्रिय सभामा वामदेव कि कुलमान ?
कुलमान घिसिङ ‘उज्यालो निर्माता’ को सग्लो र अग्लो छविसहित भदौ ३० गते विधुत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विदा भए । एउटा प्रशासकको विदाइ सर्वत्र चासो र चिन्ताको विषय बनेको दृश्य विरलै देख्न पाईन्छ । विधुत प्राधिकरणको कार्यकारी निर्देशकको पद अब सामान्य रहेन । लामो समयको अध्यारोपछि पाएको उज्यालो काट्ने ब्यक्ति आउँला कि भनेर जनताको मनमाContinue reading “राष्ट्रिय सभामा वामदेव कि कुलमान ?”