प्रम देउवालाई चिठी— घरै बसेर देश चलाउनुहुन्छ कि दिनदिनै अफिस जानुहुन्छ ?

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू,नमस्कार । तपाईं पाँचौँपटक प्रधानमन्त्री हुनुभो । बधाइ भनिहाल्न खासै जाँगर चलेको छैन । अहिलेलाई ‘ल ठीक छ’ मात्र भन्छु । बधाइ भन्न लायक काम गर्नुभएछ भने चाहिँ तपाईंको पदावधि सकिएपछि बधाइ भनौँला । अहिलेलाई विनाबधाइ र विनाशुभकामना नै काम थाल्नुहोस् है ।  तपाईं सत्ताको माहिर खेलाडी । यसपालि धेरै जाँगर नैContinue reading “प्रम देउवालाई चिठी— घरै बसेर देश चलाउनुहुन्छ कि दिनदिनै अफिस जानुहुन्छ ?”

Rate this:

प्रतिगमनको ‘स्कोप’ छैन

आइ कैल्यै पनि नसकिने चैत बैशाख मेरालाइ कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।………..कविवर माधवप्रसाद घिमिरेद्धारा लिखित यी हरफ (बैशाख कविताबाट) सर्वोच्च अदालतको आजको फैसलासंगै सम्झिएँ । हरेक बर्ष चैत—बैशाख आएजस्तै प्रतिगमन पनि नेपालीका लागी स्थायी शत्रुजस्तै भएको छ । विभिन्न रुप र अवतार धारण गरेर प्रतिगमन बारम्बार दोहोरिने गरेको छ । प्रतिगमन पछार्ने आन्दोलनपनिContinue reading “प्रतिगमनको ‘स्कोप’ छैन”

Rate this:

स्थानीय वास्तुकलाको विराटता र कमजोर परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् ब्यवस्थापन शाखाले परम्परागत बास्तुकलाको संरक्षण, सम्बद्धन र प्रचार प्रसार गर्नु भन्दै नेपालका सबै स्थानीय तहलाई परिपत्र गरेको छ । यो कदम स्वागतयोग्य छ । परिपत्रमा भवनको नक्सा पास गर्दा स्थानीय नेपाली वास्तुकला झल्कने, प्राचिन सांस्कृतिक कला र संस्कृतिको प्रबद्धन हुने गरि नक्सा पास गर्ने प्रबन्ध मिलाउने,Continue reading “स्थानीय वास्तुकलाको विराटता र कमजोर परिपत्र”

Rate this:

प्रत्येक पाना च्यात्‍नु छ (कविता)

हटेर हैन डटेरदिनरात अझै खटेरतिमीले मानेको संविधानकोप्रत्येक पाना एक-एक गरेर च्यात्नु छ । मलाई मनपरी गर्न मन पर्छ । मनपरी हिँड्न खोज्यो, खुट्टो अल्झिन्छ । मनपरी बोल्न खोज्यो, जिब्रो अल्झिन्छ । मनपरी लेख्‍न खोज्यो, हात अल्झिन्छ ।तिम्रो किताबको अक्षरबाटम कहिलेसम्म अल्झिराख्‍ने  ?तिम्रो किताबको प्रत्येक पाना एक-एक गरेर च्यात्नु छ । संसद् मै हुँ । सांसद मै हुँ । सत्तापक्ष-प्रतिपक्षप्रतिनिधि सभा-राष्ट्रिय सभाअध्यक्ष-सभामुखसबै मैContinue reading “प्रत्येक पाना च्यात्‍नु छ (कविता)”

Rate this:

आपत र ओतको शहरी सम्बन्ध

जबजब कुनै देशमा आपत आउँछ, शहरमा बढी खलबल मच्चिन्छ । आपतको खबर देशविदेश सबैतिर अलि चर्कोसंग सुनाउने हैसियत शहरकै हुन्छ । शहरमा ठूलो जनसंख्या हुने भएकोले समस्याका आयाम र गहिराईपनि अनेक हुन्छन् । स्रोतसाधनमा गाउँभन्दा बढी बलियो हुने भएकोले खोज, राहत, उद्दार, उपचार आदि अनेक चरणको चक्र शहरले सजिलै पार गर्छ । यसो हुँदाहुँदै पनिContinue reading “आपत र ओतको शहरी सम्बन्ध”

Rate this:

दाँतको ढुंगोमा सरकार लाग्दैन (कविता)

आदरणीय देशवासीहरुयो देशको अर्थमन्त्रीआगामी बर्षको बजेट पढिरहेछुध्यान दिएर सुन्नुहोलानसुने पछि परिन्छनाफाघाटाको सबाल छमनमनै राम्ररी गुन्नुहोला । आगामी बर्षबेचविखन बर्ष हुनेछ ।गाउँगाउँबाट बेचबस्तीबस्तीबाट बेचघरघरबाट बेच ।टोलटोलबाट बेच ।यो देशको घाटा घटाउनलाई बेच ।नारा यस्तो हुनेछ । ढुंगा, माटो, गिटी, बालुवासर्प, रुख, पात, पालुवानबेचेको कहाँ हो र ?देउतादेखि मान्छेसम्मपानीदेखि खानीसम्मकेही बाकी राखिएन ।तैपनि ब्यापार जानिएन ।अब जेContinue reading “दाँतको ढुंगोमा सरकार लाग्दैन (कविता)”

Rate this:

उज्जवलप्रति ओइरिएको स्नेहको अर्थ

विवेकशील नेपाली अभियानका संस्थापक एवं अहिलेको विवेकशील साझा पार्टीका नेता उज्जवल थापा यतिबेला मेडिसिटी अस्पतालमा जीवनसँग संघर्ष गरिरहेका छन्। उनका शुभेच्छुकहरुले सामाजिक सञ्जालमा बेलाबेलामा जारी गर्ने अपडेटबाट बुझिन्छ, यो संघर्ष असाध्यै कठोर बन्दै गइरहेको छ। उनको हँसिलो तस्वीर सामाजिक सञ्जालमा देखेपिच्छे म झस्किन्छु, कुनै अप्रिय खबर त आएन! तस्वीरसँगै लेखिएका सन्देश पढ्न मन डराउँछ। ह्याम्स,Continue reading “उज्जवलप्रति ओइरिएको स्नेहको अर्थ”

Rate this:

रासनमा सीडीओे शासन

हिजोआज जिल्ला प्रशासन कार्यालयको वेबसाईट यसो हेर्नुभएको छ ? हेर्नुभो भने देश नै जिल्ला प्रशासन कार्यालयहरुले चलाएजस्तो महसुस हुन्छ । एकमाथी अर्को आदेश, जानकारी, ध्यानाकर्षण र सूचनाले होमपेज भरिएको देखिन्छ । यसो गरे कारबाही, उसो गरे कारबाही, यता फर्किए कारबाही, उता फर्किए कारबाही, मर्निङ वाक र इभिनिङ वाक गरेपनि कारवाही । कारवाही नै कारवाही ।Continue reading “रासनमा सीडीओे शासन”

Rate this:

देशको विघटन (कविता)

विघटन र विखण्डनको कुलतमा फसेरएकादेशको शासकलेविघटनको लामो सूची निकाल्योर राजपत्रमा छाप्यो ।विघटनको सूचीमाधेरैथोक भेटियो ।भाइरल भएको भाइरस भेटिएन ।निषेधाज्ञाले कोपरेको भोक भेटिएन । संसद विघटन भयो ।संसारले थाहा पायो ।अदालत विघटन भयो ।तराजुले थाहा पायो ।विश्वविद्यालयहरु विघटन भए ।किताबले थाहा पायो ।संविधान विघटन भयो ।कलमले थाहा पायो ।अस्पतालहरु विघटन भए ।अक्सिजनले थाहा पायो । विघटनकोContinue reading “देशको विघटन (कविता)”

Rate this:

स्थिति नियन्त्रणमै छ (कविता)

कोरोनाले गलाएको संक्रमित शरीर चलाउनअक्सिजन र औषधी नपुगेर के भो ? संक्रमित शव जलाउन दाउरा पुगेकै छ ।धेरथोर कुरेरै भए पनि अत्येष्टि स्थल मिलेकै छ ।धूप, अबिर, खादा, माला, बाकस, कोरा कपडाबजारमा केही अभाव छैन ।स्थिति नियन्त्रणमै छ ।  कोरोना बेस्सरी नाचेको प्रदेशमा सरकारको कुनै अभाव छैन । १६ दिनमा चार स्वास्थ्यमन्त्री फेरिसक्यौँ । दौरासुरुवाल र माननीयको कुनै अभाव छैन । शपथ कुपथContinue reading “स्थिति नियन्त्रणमै छ (कविता)”

Rate this:

Create your website with WordPress.com
Get started