ओखलढुगां बजार भन्दा करिब 3 किलोमिटर वर रमाईलो डाडा नजिक नेपाली सेनाले अलपत्र अबस्थामा फालेको बुल्डोजर। १० बर्ष अगाडी बाटो खन्ने क्रममा बिग्रीएपछी उक्त बुल्डोजरलाई सेनाले त्यसै छाडेर गएको स्थानीयबासी तील कुमार बिश्कर्माले बताए। बाटो खन्नुपर्ने बुल्डोजर घास चरेर बसेपछि यि बालक आफु भन्दा गह्रौ झोला बोकेर हिड्न बिबश छन।शब्द /तस्वीर : मिलन बगाले
Author Archives: milanbagale
"नेपाली आकाशमा ७० मिनेट"
– मिलन बगाले यो साता मैले भुई छोडें । पच्चीस बर्षे जिन्दगीको यो पहिलो अनुभव थियो। रोटे पिङको धुरीसमेत नाघिएको थिएन बिगतमा । ओखढुङ्गाको रुम्जाटारको लागि उडेको जहाज सिनामंगलको खेतैखेत उक्लिन थालेपछि ‘पशुपति नाघिएला कि’ भन्ने पिरलो पनि सजिलै पन्छिएको थियो । नेपाल एयरलाईन्सको उक्त ट्वीनअटर जहाज जब डाडो चढ्न थाल्यो, देशको राजधानीको हवाई दृश्यContinue reading “"नेपाली आकाशमा ७० मिनेट"”
पहिरोको सर्बोच्चता
.fullpost { display: inline; } – मिलन वगाले सगरमाथा होचिएर अनायसै अग्लिएको सर्बोच्चता यतिबेला चुक घोप्टिएको बिबेक बोकेर यात्रारत छ सडकमा लाठीसगै। उता भित्तो नराम्ररी तासिएर कान्लो दिनदिनै भासिदैछ र धार्नी पुर्याउन भनेर कान्लोमुनि भेला भएका भ्यागुताहरु बेखबर छन पहिरोबाट। ए कोही छ? कान्लो भास्सिएर माटो मास्सिदैछ घोचाले घोचेर थाम्न सकिन्न पहिरो ।लाठी नाच नाच्दैContinue reading “पहिरोको सर्बोच्चता”
तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको ?
तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको? तनहुँको बर्लाची गाउमा भेटीएकी ८० बर्सीया पुतली बिक ले लामो समयदेखि बृद् भत्ता नपायेको गुनासो गरिन्। तस्वीर:मिलन बगाले
गल्लीमै गुडछ सरर………….
(शब्द/तस्वीर : मिलन बगाले) यसपालीको घर बसाई र धेरैतिरका गाउ घुमाईमा केही रमाईला दृश्य देख्न पाईयो । गाई भैसी हिडने गाउका डहरलाई डोजरले डामेको दृश्य । यो निकै लोभलाग्दो र रहरलाग्दो थियो । बिकासको सप्पै भाग शहर एक्लैले खाएर आफुलाई भोकै पारेको दुखेसोसहित गाउले आफैले चन्दा उठाएर घरघरै बाटो पुग्नेगरी डोजर लगाएको दृश्य बास्तबमै रहरलाग्दोContinue reading “गल्लीमै गुडछ सरर………….”