अवरोधको शहर,अवरोधको कहर

विगत केही महिना यतादेखि पूर्वाधारजन्य भद्रगोलका कारण काठमाडौं कुरुप र कष्टकर बनेको यर्थाथलाई अखबार र डिजिटल पत्रिकाहरुले उच्च प्राथमिकता दिइरहेका छन् । पूर्वाधारजन्य कष्ट र धरापबारे सामाजिक सञ्जाल ट्वीटरमा बहसपनि बाक्लिएको छ । आफूले देखेका अवरोधको तस्वीर र भिडियो पोष्ट गर्ने र त्यसबारे जीवन्त छलफल गर्ने, सम्बन्धित निकायलाई सामाजिक सन्जालमार्फत नै ध्यानाकर्षण गराउने प्रचलनपनि निकैContinue reading “अवरोधको शहर,अवरोधको कहर”

Rate this:

‘राष्ट्रवाद’को खोक्रो खोल र गठबन्धनको अर्थहीन बहस

छिमेकी राष्ट्र भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष सन् २०२२/२३ का लागि भारतीय संसद्‍मा बजेट पेस गरिरहँदा नेपालमा पनि त्यसको स्वाभाविक चासो थियो। ठूलो देश, ठूलै बजेट । ठूलै बजेटभित्र हाम्रो नामपनि आयो । नाममात्र किन, सस्यानो हिस्सा नै आयो । पोहोरभन्दा अलि कम । बजेटमै छिमेकीको लागि हिस्सा छुट्याइने गरेको विषयले पोहोरपरार त्यति चर्चाContinue reading “‘राष्ट्रवाद’को खोक्रो खोल र गठबन्धनको अर्थहीन बहस”

Rate this:

वैचारिक विचलनको ‘साझा रहर’

साझा पार्टीका अध्यक्ष श्री रविन्द्र मिश्रजी,नमस्कार।  म तपाईंलाई साझा पार्टीको अध्यक्ष मात्र भन्छु। तपाईंको पार्टीको आधिकारिक नाम ‘विवेकशील साझा पार्टी’ हो भन्ने मलाई थाहा छ। तर, त्यसो भन्दा तपाईंलाई गिज्याएजस्तो हुन्छ। तपाईंको पार्टीको नाममा विवेकशील जोडिनु तपाईंप्रतिको असाध्यै ठूलो व्यंग्य हो। पार्टीमा बारम्बार टुटफुट आएपछि विवेकशील नाम खुर्केर फाल्नुहोला भन्ने लागेको थियो। किन हो कुन्नि,Continue reading “वैचारिक विचलनको ‘साझा रहर’”

Rate this:

अखबारको खबर

पढ्ने फुर्सद सकिएरमान्छे मोवाइलतिर झुत्ति खेलेपनिशहरमा अखबार छापिन छोडेको छैन ।कागज र मसीले मात्रकहाँ अखबार बन्छ ?अखबारको रखबारी गर्नअलिकति समाचार र विचार चाहिन्छ ।त्यसलाई पस्किने विवेक चाहिन्छ । समाचार र विचार दुब्लाएरआफैं बेखबर हुन लागेको अखबारमासमाचार उस्तै रहेछन् ।गज्याङगुजुङ राजनीतिको झुसिलो स्वादसिडिओको जोरविजोर आदेशलेभीडमा च्यापिएको कोरोनाबारीबाट बजारमा पुग्न नसकेका तरकारीको रासआकासिँदो सुनको भाउर ओरालो झरिरहेकोContinue reading “अखबारको खबर”

Rate this:

सत्ता गठबन्धनको ‘भगौडा’ रहर 

‘निर्धारित समयमा निर्वाचन गराउन अक्षम प्रधानमन्त्री शेरबाहदुर देउवालाई आजकै मितिदेखि पदमुक्त गरिबक्सी मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौं।’  माथिको प्रसंग २०५९ असोज १८ गतेको हो। पूर्वराजा ज्ञानेन्द्रले देउवालाई ‘अक्षम’ भन्दै प्रधानमन्त्रीबाट बर्खास्त गर्दाको शाही सम्बोधनको ब्यहोरा यस्तै थियो। २०५९ कार्तिकमा संसदीय चुनाव गर्नुपर्ने थियो। हिंसाको राजनीति गरिरहेको माओवादीका कारण चुनाव गर्न नसकिने ६ राजनीतिक दलको निष्कर्ष बोकेरContinue reading “सत्ता गठबन्धनको ‘भगौडा’ रहर “

Rate this:

जोरविजोर सरकार (कथा)

‘देशमा राजनीतिक समस्या असाध्यै चर्कियो । सत्तापक्ष र प्रतिपक्षको बोलचालै हरायो । संसद् ठप्पको ठप्प भएपछि देश कसरी चल्छ ? अदालतको हालत उस्तै । प्रधानन्यायाधीश टसको मस भएनन् । कसैले कसैको अस्तित्व नै स्वीकार्ने भएनन् । यसरी कसरी देश चल्ला ?’ चलनचल्तीका मानवअधिकारवादीले खुइय गरे । यसरी खुइय गरेर पनि हुन्छ ? अर्का मानवअधिकारवादीले सुस्तरीContinue reading “जोरविजोर सरकार (कथा)”

Rate this:

‘ह्वाङ्ग मुख’ अभियन्ताहरूका नाममा….

हिजोआज राजनीतिक रूपमा शान्त देश कोरोना संक्रमणका कारण अशान्त छ। कुनै जमानामा कोरोनाका कारण मुलुक जतिसुकै आक्रान्त भएपनि बालुवाटार बेखबरजस्तो देखिन्थ्यो। आमनागरिक बालबालिका बोकेर असाध्यै कष्टसाथ १५०—२०० किलोमिटर लामो पैदलयात्रा गरिरहँदा बालुवाटारमा कुर्सी राख्ने शैली र त्यसको बनावट, टेबुलपोस र नम्बर लगाइएका पानीका बोतलका नाममा प्रतिस्प्रर्धा चलिरहेको हुन्थ्यो। त्योभन्दा पनि पर जुत्ता छोप्ने जालीजाली परेकोContinue reading “‘ह्वाङ्ग मुख’ अभियन्ताहरूका नाममा….”

Rate this:

नागातामा सामुदायिक सडक : हिँड्नलाई १० मिटर, गुड्नलाई ४ मिटर (किताब अंश)

नागाता वडा कोबे सहरको पश्चिमी भागमा रहेको छ । यहाँको पुरानो बस्ती दक्षिणतर्फ बन्दरगाहको नजिकै रहेको छ । यहाँको पुरानो बस्तीको नाम इनागा—वायासी रहेको थियो । समुद्रसँग जोडिएको यो बस्ती माछा मारी व्यवसाय गर्ने व्यक्तिहरूको प्राचीन इलाका हो । यो ठाउँ मेइजी कालमा (१९६८-१९११) उत्तरतर्फ विस्तार भएको थियो । सोे भूभाग थाइसो कालखण्डसम्म (१९११-१९२५) खेतीपातीकाContinue reading “नागातामा सामुदायिक सडक : हिँड्नलाई १० मिटर, गुड्नलाई ४ मिटर (किताब अंश)”

Rate this:

झ्याल–झ्यालमा मन्त्रालय : शर्मनाक समाजवाद!

हेटौडा उपमहानगरपालिका, चौकीटोलमा रहेको श्रम कार्यालयको छ तले भवनले यतिबेला धेरैको ध्यान तानेको छ। सेतो रङको त्यो भवनको एउटा मोहडामा छ वटा बरण्डा देखिन्छन्। तीमध्ये पाँचवटा बरण्डामा मन्त्रालयको बोर्ड टाँसिएको छ भने एउटा खाली छ। एउटै घरका बरण्डामा लस्करै श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, सहकारी तथा गरिबी निवारणContinue reading “झ्याल–झ्यालमा मन्त्रालय : शर्मनाक समाजवाद!”

Rate this:

एकीकृत बस्ती/छरिएकाे जिन्दगी

देशका कुना र कन्दरामा छरिएर बसेका स–साना घरबस्ती देख्दा मनमा स्वाभाविक प्रश्न उठ्छ– मान्छे यति विधि कसरी छरिन सक्छ? के बोटविरुवा फिँजिए झैं मान्छे फिँजिन सक्छ? नेपाली मानिसको जरो के हो? यस्तो जरो खोज्दै जाँदा दाङ, मुस्ताङ, कैलाली र कपिलवस्तुमा पुगिन्छ। नेपाल सरकारको संस्कृति नीति, २०६८ मा लेखिएको छ ‘आजभन्दा दुई अढाई लाख वर्ष अघिको प्रारम्भिकContinue reading “एकीकृत बस्ती/छरिएकाे जिन्दगी”

Rate this:

Create your website with WordPress.com
Get started