नेपालीको हिसाब

मिलन बगाले/तनहु भीर देखेको छु मैले, डाडा चिनेको छु।र चिनेको छु मैलेधान पाकेका गराहरुआरु फुलेका पाखाहरु।जहाज बनेर,जोतिन जानेको छु डाडोमा ।बस बनेर,पोखिन सिकेको छु पाखोमा ।मैले यहा,कंश चिनेको छु।यदुबंश नास्ने,कृष्ण पनि चिनेको छु।तिम्ले नझुक्याए हुन्छ,अरब गए पनिअमेरिका गए पनितिम्रो अनुहार राम्ररी चिनेको छु।भात पकाउने रातो घैटो,बोल्ने कालो फोन,मैले सबै कुरो बुझेको छु।आगोको पिर छैन मलाई,सीगैContinue reading “नेपालीको हिसाब”

Rate this:

गणतन्त्रको सिमेन्ट

-मिलन बगाले / तनहु  पारस‘मणि’ नबनेर‘बढी’ बन्दै गर्दाएकादेशमा भुईचालो गयोर हाम्ले गणतन्त्र पायौ ।गोबर माटोले लिपेरमैले जसोतसो धानेकोपराले गणतन्त्रमा‘झिलिक्क’निगाह बक्स भो रेर तयतिखेरचुहिन छोडेको छ मेरो ओत। मित्र मणि,तिमी जतिजति ओरालो झर्छौम उतिउति डाडो चढछु ।गणतन्त्रको सिमेन्ट तिमीजब्बर गैडाछाप !मेरो भित्तामा,तिमी जतिजति लात हान्छौम उति बलियो हुन्छु ।हाड मासुका,मेरा खाबाहरुअझै मक्किएका छैन।जगमा हालेकाराता ढुङ्गाहरु,फिटिक्कै सक्किएका छैनन।परालकोContinue reading “गणतन्त्रको सिमेन्ट”

Rate this:

शान्ति गीत

–मिलन बगाले /तनहु आउ नेपाली सबै जना गरौ हातेमालोदेश माथि उठाउने अब हाम्रो पालोमिल्नुपर्छ सबै हामी शान्ति एउटै बाटोपसिना र परिश्रमले सिच्नुपर्छ माटोभोको नहोस पेट अब नरित्तिउन हातमिलिरहुन युगौसम्म सबैथरी जातहिमाल अझै उचो बनोस तराई अझै फैलियोसबाझा गरा सुर्का सारा पसिनाले मैलियोसफुटनु हुन्न जुटनु पर्छ देश राम्रो बन्नुपर्छआफ्नै श्रम सिपले अब कुना कुना खन्नुपर्छ।

Rate this:

धानले नधानेपछि …………

– मिलन बगाले /काठमाडौं काठमाडौमा जन्मेका कवि सिद्धिचरण श्रेष्ठलाई ओखलढुङ्गा ‘ प्यारो ‘ लागेपनि गाउँमा भोट बटुलेर शहरमा नोटको खेती गर्ने त्यहाका ‘जनताका मान्छे’ लाई भने यो ढुङ्गो बेस्सरी खस्रो लाग्या रैछ। ढुङ्गो चिल्याउन तिनले सुको मिहिनेत नगरेको अनुभव मैले एकहप्ते ओखलढुङ्गा बसाईमा राम्ररी अनुभव गरें ।  कोशीमा पूल हाल्ने बर्षौ पुरानो सपनाले अझै पालुवाContinue reading “धानले नधानेपछि …………”

Rate this:

फोहोरमा बस्न नपाए बिरामी !

 -मिलन बगाले ‘स्वर्ग जान्छस ? -भो जान्न । माथि फोहोर खान पाइदैन । ‘ टेकनपुर  ओखल्ढुङ्गाका द्वारे साहुजी (द्वारे राई) को घर मा पालिएको यो सुगुरले यसै भनेझै लाग्यो मलाई । ‘कस्तो जुनी लेर आ’रैछ सर एस्ले त । आफ्नो घरा पालेको जिन्तु, एसो सफा गर्दिम भनेर खोर सफा रख्दियो, बिरामी पो हुन्छ भन्या ।Continue reading “फोहोरमा बस्न नपाए बिरामी !”

Rate this:

खाचो राष्ट्रिय उपचार कोषको

-मिलन बगाले ‘मलाई बचाउनुहोस’ या ‘सहयोगको अपील’  शीर्षकमा दिनहुजसो सबै राष्ट्रिय दैनिकमा आसु बनेर छापिने सस्याना टुक्रालाई म बर्षैदेखि टुलुटुलु हेरिरहेछु। चिनेका एकाध मान्छेलाई सय पचास सहयोग गर्नुबाहेक बिस्कुन बनेर फिजिएकॊ यो  चर्केघाउमा मलम  दल्न सकिएको भने छैन।  धेरैको मन कोक्याउने यो टुक्रॆ खबरले  नेपालमा मुटु र मृगौला रोगीहरुको को संख्या कम नरहेको र यसकोContinue reading “खाचो राष्ट्रिय उपचार कोषको”

Rate this:

वाईसीएलको ‘सुध्रने’ सुर

मिलन बगाले ‘वाईसीएल सुधार गृह हो दाई । सुध्रीनपर्ने धेरै छन सुधार्ने जाना हामी थोरै छम । त्यसैले गडबडीकै खबर बाक्लो आम्छ नी । दुई चार बर्खमा हेर्नुला दाई नराम्रो कुरो कनिका जती नी बाकी रन्न’, टाईगर उर्फ खगेन्द्धप्रसाद जोशी निकै आशाबादी कुरो गर्छन । बझाङ्ग चैनपुरकाउनी  बीस बर्षका भए । बिगत दुई बर्षदेखी  काठमाडौकोContinue reading “वाईसीएलको ‘सुध्रने’ सुर”

Rate this:

गाँसबास या बन्दुके तालीम ?

-मिलन बगाले ‘संबिधान निर्माणको लागी’ भन्दै  गठन गरिएको उच्चस्तरीय राजनितिक कार्यदल सिहदरबारभित्र तीन न तेह्र का बकम्फुसे बिबादमा ब्यस्त छ ।  पुष्पकमल दहाल अधक्ष्य रहेको उक्त कार्यदलमा नेपाली नागरिकलाई अनिवार्य सैनिक तालीम दिने कि नदिने भन्ने बिषयमा  बहस जारी रहेको भन्दै काग्रेसका नेता रमेश लेखकले बाहिर  ल्याएको  खबरको  निचोड यही हो ।  देश र जनताकोContinue reading “गाँसबास या बन्दुके तालीम ?”

Rate this:

बुल्डोजरले घास चरेपछि………

ओखलढुगां बजार भन्दा करिब 3 किलोमिटर वर  रमाईलो डाडा नजिक नेपाली सेनाले अलपत्र अबस्थामा फालेको बुल्डोजर। १० बर्ष अगाडी बाटो खन्ने क्रममा बिग्रीएपछी  उक्त बुल्डोजरलाई सेनाले त्यसै छाडेर गएको स्थानीयबासी तील कुमार बिश्कर्माले बताए। बाटो खन्नुपर्ने बुल्डोजर घास चरेर बसेपछि यि बालक आफु भन्दा गह्रौ झोला बोकेर हिड्न बिबश छन।शब्द /तस्वीर : मिलन बगाले

Rate this:

Create your website with WordPress.com
Get started