वाईसीएलको ‘सुध्रने’ सुर

मिलन बगाले

वाईसीएल सुधार गृह हो दाई । सुध्रीनपर्ने धेरै छन सुधार्ने जाना हामी थोरै छम । त्यसैले गडबडीकै खबर बाक्लो आम्छ नी । दुई चार बर्खमा हेर्नुला दाई नराम्रो कुरो कनिका जती नी बाकी रन्न’, टाईगर उर्फ खगेन्द्धप्रसाद जोशी निकै आशाबादी कुरो गर्छन । बझाङ्ग चैनपुरकाउनी  बीस बर्षका भए । बिगत दुई बर्षदेखी  काठमाडौको मैतिदेबीमा छन । उनी  वाईसीएल काठमाडौ ३२ नम्बर एरिया आर्क बी का अधक्ष्य हुन ।

सी एम ए गरेका रैछन खगेन्द्धले । एउटा मेडिकलमा काम गर्दारैछन । भर्खर भर्खर काम थाल्या रे।  गस्ती गर्न गाउ छिरेको ‘राजाको सिपाईले’ चैनपुर गाउमा दिदीबहिनीको ईज्जत लुटेको घटनाले आफ्नो मनमा सरकारबिरोधी बिउ रोपिएको र त्यो माओबादी बनेर झ्याङ्गीएको कुरो उनले सुनाए। ‘राता केकेजाती किताब पढेर माओबादी बन्या हैन दाई । यस्ता कुरा धेरै बुझ्दीन पनि । समाज पढेर  लाग्या नी ‘  किन माओबादी बन्या तनी भन्ने प्रश्नको काईदाको उत्तर दिए उनले। ‘जंगल चै छिरिएन दाई। पहिला पढम अनि लडम्ला भन्या लडनै परेन नी, शान्ती आईहालो ” लडन नपरेको खुशीयालीचाही उनको अनुहारभरी मजैले पोखिएको थियो।

 कमरेड टाईगर बाघजस्ता छैनन। न त बिरालोजस्तो नै। उनी खरायोजस्तै शान्त छन । उनलाई भेटदा म छक्कै परे। वाईसीएल’मेरो मनको ‘बाघ’ थियो । यस्तो कमलो मनको केटो कसरी वाईसीएल?  मैले यै प्रश्न तेस्याए उनलाई। ‘तपैहरुलाई यही त भरम छ दाई ! वाईसीएल भन्नासाथ मुस्तन्डे र भुस्तीघ्रेको चित्र बनाई हाल्नुहुन्छ मना। कुरो तेसो हैन ।सबैतिर जाने ढोका बन्द भएर आपराधिक कर्ममा लागेका र जिन्दगीसग थाकेर मोर्न ठिक्क परेकालाई जिन्दगीको उज्यालो देखाईदिएका छौ। बाच्न सिकाएका छौ। यो भन्दा ठुलो धर्म अरु क्यै होला र दाइ’ !  बोल्ने तालीम राम्रै पाएझै लाग्ने उनले यक्ष प्रश्न मतिर तेस्र्याए।

 मेडिकलमा काम  गर्ने खगेन्द्ध  बिरामीलाई सुई घोच्दा छिसिक्क पनि नदुखोस भनेर सचेत हुन्छन रे  । ‘हाम्रो गामतिर मिठो बोलीबचन र राम्रो आनीबानीको  चलन छ दाइ,  त्यै छाप ममा परो होला’  वाईसीएलले राम्रो चालचलनको तालीम दिएछ कि भन्ठानेको हैन रैछ।यो उनले गाउतिरबाटै बोकेर ल्या रे

‘पिटन हुन्न। गोदन हुन्न। नमिठो बोल्न हुन्न। मान्छे मार्न त हुदै हुन्न। पिटाई खाको मान्छे त  रगत चाखेको बाघजस्तो हुन्छ।ढिलो चाडो साटो फेर्छ। हामी आफैले न्याय दिदै हिन्न नी हुन्न। तै भर हामी सिर्जनशील बन्ने ध्याउन्नमा छौ ‘  कम्ती घतलाग्दा छैनन उनका कुरा। सुधारगृह हो भन्छन वाईसीएल लाई । सुध्रन पर्नेले उपध्रो गर्छन रे। अनि सब भताभुङ्ग हुन्छ गतिला कामपनि । वाईसीएल एकदिन पुरै सफासुध्घर बन्नेमा आशाबादी छन उनी।

‘के के गर्यौ तनी वाईसीएलमा लागेर मिठामसिना काम’?  अलि बलियो परेछ क्यारे प्रश्न सोचीओरी जवाफ दिए उन्ले – ‘सरसफाई बृक्षारोपण र  रक्तदान  दाई । ए साचै आफ्नो कमजोर पकेट काटेर कति बेखर्चीको उद्दारसमेत गर्या छम नी’ । उनले लामै फेहरिस्त सुनाए।

खगेन्द्धको सन्देश छ – वाईसीएल भनेर नतसर्म। यो हान्ने गोरुको नाम हैन। घर पुरै नबनिकन सर्यो भने छतबाट खसिएला भर्याङ्गबाट लडिएला। सबैतिर ह्वाङ ह्वाङ। हाम्रो वाईसीएल पनि छिट्टै राम्रो र न्यानो घर बन्छ। भोली यो मन्दिरभन्दा पबित्र बन्नेछ दाई ।

 मैले यी पङती लेखुन्जेलसम्म वाईसीएलले कतिजनाको ढाड खुस्काईसक्यो होला ह खगेन्द्ध भाई? सरी सरी, टाईगर कमरेड ल।




गाँसबास या बन्दुके तालीम ?

-मिलन बगाले

‘संबिधान निर्माणको लागी’ भन्दै  गठन गरिएको उच्चस्तरीय राजनितिक कार्यदल सिहदरबारभित्र तीन न तेह्र का बकम्फुसे बिबादमा ब्यस्त छ ।  पुष्पकमल दहाल अधक्ष्य रहेको उक्त कार्यदलमा नेपाली नागरिकलाई अनिवार्य सैनिक तालीम दिने कि नदिने भन्ने बिषयमा  बहस जारी रहेको भन्दै काग्रेसका नेता रमेश लेखकले बाहिर  ल्याएको  खबरको  निचोड यही हो ।

 देश र जनताको सुरक्षाको लागी बन्दुक बोकिदिने लाख – सबालाखको संख्यामा नेपाली सेनाजस्तो भरपर्दो ‘होलटाईमर’ संगठन छदैछ ।  उच्चस्तरको तालीम र हतियारले सुसज्जीत अर्धसैन्य बल सशस्त्र प्रहरी   पनि लगभग आधालाखको संख्यामा होला। हतियार थोत्रा, चौकी झुप्रा र बर्दी झुत्रा भएपनि नेपाली प्रहरी बर्षैदेखि उच्च मनोबलका साथ दुखजेलो काम गरिरहेको पनि सबैलाई थाहा छ

सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, अनुसन्धान, नगर प्रहरी आदिका नाममा यति धेरै युवालाई राज्यले बिश्वास गरेको बन्दुक बोकाएको तथ्यलाई बिर्सेंर आम सैनिक तालीमको तानाबाना बुन्नु आपराधिक मानसिकताको उपज मात्र हो। ‘देश बालेर जम्मा भएको तातो खरानीमा आलु पोलेर खान खोज्ने’  कुन्ठित अभिलाशा बोकेकाहरु खल्तीभरि यस्ता खस्रा खाका बोकेर हिडेका बग्रेल्ती भेटिन्छन बाटातिर।

 नेपाल कस्तो देश हो ? नेपालले युगौदेखि भोगिरहेको भिमकाय समस्या के हो ? नेपालीको प्रतिब्यक्ति आय कति हो ?  नेपाली  यो धर्तीमा कुन युगको जीवन बाच्दैछन?    नेपाली जनताले युगौदेखि खोजेको तर फिटिक्कै नपाएको चिज केहो?  मंगल ग्रहमा जन्मेर चन्द्रमा हुदै रकेटबाट नेपालको बानेश्वर अन्तराष्ट्रिय केन्द्धमा फुत्रुक्क झरेका नेताहरुले  यी यक्ष प्रश्नहरुको उत्तर खोज्ने  कहिल्यै मेसोमेलो ल्याएनन।

 ‘काम गरेनन’ भनेर दुनिया र दुखियाले उत्पात कोकोहोलो मच्च्एपछि टाउकोमा जातो बोकेझै गरि ‘बिबाद मिलाउन’  बल्लबल्ल सिहदरबार छिरेछन मंगल ग्रहका डनहरु ।  लौ न अब के के न गर्न आटे भन्ठानेको ‘मौलिक हक र राज्यका निर्देशक सिद्धान्त’ का नाममा जनतालाई अनिवार्य ‘बन्दुके तालीम दिनुपर्ने’ अपराधिक बिषयमा छलफल गरिरा रे। भात र भत्ता पचाउन लाई  मात्र छलफल गरिरा भए त क्यै बिग्रेन नत्र हाम्रा हाता अनिबार्य बन्दुक बोकाउने जोखाना हेरिराख्या हो  भने त  उनीहरुको सोचाई धुन्धुकारी टाईपको छ ।

कुरो धेरै  सुनिसकेपछि मैले एकथान कुरो फिटिक्कै बुझिन डन महोदय । नेपाली जनताले एक थान बन्दुक खोजेको कि एक थाल भात खोजेको ? कम्मरमा बाध्ने गोली खोजेको कि बिरामी भा’बेलामा खानलाई  सिटामोलको गोली ?  अनिबार्य ‘बन्दुक तालीम’ खोजेको कि अनिबार्य ‘सिप तालीम’?  ‘गरिखाने काम’  अनिबार्य खोजेको कि  ‘बन्दुक बोकेर आफु आफु मर्ने  तालीम ‘ अनिबार्य खोजेको ?

 उत्तर दिनैपर्ने यो यक्ष प्रश्नहरुको कसैले हल गर्ने हो कि महोदय ?  नेपालीलाई ‘अनिबार्य बन्दुके’ बनाउने  बिचारको  जय नहोस।



 

बुल्डोजरले घास चरेपछि………


ओखलढुगां बजार भन्दा करिब 3 किलोमिटर वर  रमाईलो डाडा नजिक नेपाली सेनाले अलपत्र अबस्थामा फालेको बुल्डोजर। १० बर्ष अगाडी बाटो खन्ने क्रममा बिग्रीएपछी  उक्त बुल्डोजरलाई सेनाले त्यसै छाडेर गएको स्थानीयबासी तील कुमार बिश्कर्माले बताए। बाटो खन्नुपर्ने बुल्डोजर घास चरेर बसेपछि यि बालक आफु भन्दा गह्रौ झोला बोकेर हिड्न बिबश छन।
शब्द /तस्वीर : मिलन बगाले

"नेपाली आकाशमा ७० मिनेट"

– मिलन बगाले

यो साता मैले भुई छोडें । पच्चीस बर्षे जिन्दगीको यो पहिलो अनुभव थियो। रोटे पिङको धुरीसमेत नाघिएको थिएन बिगतमा । ओखढुङ्गाको रुम्जाटारको लागि उडेको जहाज सिनामंगलको खेतैखेत उक्लिन थालेपछि ‘पशुपति नाघिएला कि’ भन्ने पिरलो पनि सजिलै पन्छिएको थियो ।

नेपाल एयरलाईन्सको उक्त ट्वीनअटर जहाज जब डाडो चढ्न थाल्यो, देशको राजधानीको हवाई दृश्य मजैले देखियो । जसै काठमाडौको आकाशे दृश्य देखियो हरिबंश आचार्यको याद आईहाल्यो । ‘डाडाको वीचमा ईट्टाको डुङ्गुर डुङ्गुरमा बस्छ सुङुरै सुङुर के हो? काठमाडौ ! नम्बर ! नम्बर !!  आफैलाई सुङुर भन्दै गर्वले फुलेर नम्बर मागिरहेको बबुरो हरिबंश । त्यो बबुराको याद काभ्रे मास्तीरको आकाशमा पुगेपछि बल्ल पातलो भो ।

जहाज जतिजति उकालो चढथ्यो आफुलाई सुरक्षीत ठानेर दङ परिन्थ्यो तर जब जहाज ओरालो झथ्र्यो र यसो दायाबाया कोल्टिन्थ्यो ‘लौ सकिने भईयो ‘ भनेर मनै भरङ्ग हुन्थ्यो । जहाजभन्दा मास्तिर आखा दौडाउदै गर्दा कपासझै उडिरहेका बादलका सेता टुक्रा र आखैभरि हेरिरहुझै लाग्ने हिमालको दृश्यले स्बर्ग यतै बरिपरि कतै छ कि भनेझै लाग्थ्यो । तर तल छङ्गाछुर भिर र र डम्मेरका सोलाझै तिखारिएका पहाड देख्दा ‘एकबारको जुनी यतै खोचतिर सकिने हो कि’ भन्ने पीरले उत्पातै घेथ्र्यो । रुम्जाटार जादा आउदा यात्राभर देखिएका डरलाग्दा डाडाकाडालाई मैले घोप्टेभीर, घ्याङफेदी, घुन्सा, भटटेडाडा र शिखरपुर आदि नाम दिएँ  र तर्सिएँ  पनि ।

 नाङ्गा बनपाखा । नजोतिएका गरा । रातामाटाका उजाड डाडा ।जसोतसो डोजरले डामेका धेरथोर बाटा । कुनै डाङडुङे ड जस्ता त कुनै कुकुरपुच्छ्रे ढ जस्ता । सबै लमतन्न पसारिएका । छरपस्ट बस्ती । खोचको मुनी सर्पझै गुडुल्कीएर सुतेका लामा खोलाले पनि निकै पिरले मलाई । खोलाको दायाबाया ढुंगेबगर । आडैमा काकाकुल गराकान्ला । पटपटी फुटेका जस्ता । पानीलाई उभोउभो बगाउने प्रबिधि नभएपछि ‘कुलो माथिका खेतहरु’  बेस्सरी रुदा रैछन । मैले त्यस्तै अनुभव गरें ।

बाहिरको दृश्य धेरैबेर हेरेपछि मैले जहाजभित्र आखा डुलाएँ । एकाध बाहेक धेरैजसो यात्रुको अनुहार गरिबीले डामेझै लाग्यो। उनीहरुको लवाई हाउभाउ, शुष्क अनुहार र डराएर कापेका आखाले त्यस्तै भाका बोलिरहेझै लाग्यो मलाई । ‘पैसा पुगेर यो हावाजहाज चढया हैन पापी डोजरले डाडा डाम्दीएन अनि डाडा ननाघी सुख्खै पाईएन’ यस्तै केही भन्न खोजेझै लाग्यो मलाई । एयरहोस्टेजले चकलेट र कपास बाडदै गर्दाको लुछाचुडी जात्रा र उनले ‘पख्नुस न पालैपालो दिन्छु नी’ भन्दै फकाउदै गरेको दृश्यले धेरै अर्थ लगाईरहेको थियो । किन आमै यतिधेरै कपास? हातभरी कपास मुठयाएकी एक बृद्धालाई मैले सोधें। ‘बत्ती कात्न काम लाग्छ नी  बाबु ‘  उनले कपास झोलातिर थन्क्याईन।

 बाहिरको दृश्य हेर्ने रहरले छोडेन। हरियो बन नेपालको धन एकादेशको कथा बन्न लागेझै जस्तो देखियो । डाडाका टुप्पाटुप्पामा  खर र टिनले छाएका घर र तिनका बरिपरिका ठुटाबुटा र पोथ्रापोथ्री हेर्दै मैले ‘रित्तो बन रित्तो मन’ को अनुमान गरे। कालाकाला डरलाग्दा ‘भालुपहाड’ देख्दा भने ‘बजियाले पेटभित्र सुनैसुन पो लुकाको छ कि ‘ भन्दै खुबै मुख मिठयाईयो पनि ।

 काठमाडौबाट ओखलढुगाको रुम्जाटार बिमानस्थल पुग्दा र काठमाडौ फर्किदाको सत्तरी मिनेटमा मैले ओखलढुंगा खोटाङ रामेछाप काभ्रे र काठमाडौको आकाशमा उडें होला। काठमाडौमा सिमेन्टीको खात र ईटाको डुङ्गुर भक्तपुरका बडाबडा ईट्टाभट्टाका चिम्नी र रामेछाप ओखलढुंगाका उजाड डाडाकाडा देख्दा मेरो मन एकतमासको भो । पाखामा बस्ने पाखेका कष्टकर जीवन लाई सरकारी पैसामा यस्ता धेरै डाडाकाडा धेरैपटक नाघेका सिहदरबारका हुटटीट्याउहरुले फिटिक्कै आत्मसात गरेझै लागेन।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पानीपधेरो बनाउनेहरुले यसलाई ‘गंगबु बसपार्क] को संज्ञा दिएपनि मलाई भने यो सुन्दर नै लाग्यो । तर रुम्जाटार विमानस्थललाइ पुगेपछि फेरि मन भरङ भो । बास र चित्राले बनेको यात्रु प्रतिक्षालय, बासकै गेट, कच्ची र जीर्ण धावनमार्ग  थोत्राथोत्री भवन र शौचालयबिहिन विमानस्थल देखेपछि नेपाली क्याप्टेनहरुलाई धन्यबाद दिन मन लाग्यो । नेपाली आकाशमा जहाज प्रबिधिको आडमा होईन ,क्याप्टेनको आट र सिपको बलमा, उडाईदो रैछ । ‘हावामा उडाउन बाध्य पारिएका’ नेपाली क्याप्टेनहरुको जय होस।

पहिरोको सर्बोच्चता

.fullpost { display: inline; }
           मिलन वगाले

सगरमाथा होचिएर
अनायसै अग्लिएको सर्बोच्चता
यतिबेला
चुक घोप्टिएको बिबेक बोकेर
यात्रारत छ सडकमा
लाठीसगै।
उता
भित्तो नराम्ररी तासिएर
कान्लो दिनदिनै भासिदैछ

धार्नी पुर्याउन भनेर
कान्लोमुनि भेला भएका
भ्यागुताहरु बेखबर छन पहिरोबाट।
ए कोही छ?
कान्लो भास्सिएर
माटो मास्सिदैछ
घोचाले घोचेर 
थाम्न सकिन्न पहिरो ।
लाठी नाच नाच्दै गरौला
आऊ
सबैका हातले ठेलेर
पहिरोको सर्बोच्चता भत्काऊ ।
बाकी भागशान्ति गर्दै गरौला।

तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको ?

तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको? तनहुँको बर्लाची गाउमा भेटीएकी ८० बर्सीया पुतली बिक ले लामो समयदेखि बृद् भत्ता नपायेको गुनासो गरिन्। तस्वीर:मिलन बगाले

गल्लीमै गुडछ सरर………….

 (शब्द/तस्वीर : मिलन बगाले)

यसपालीको घर बसाई र धेरैतिरका गाउ घुमाईमा केही रमाईला दृश्य देख्न पाईयो । गाई भैसी हिडने गाउका डहरलाई डोजरले डामेको दृश्य । यो निकै लोभलाग्दो र रहरलाग्दो थियो । बिकासको सप्पै भाग शहर एक्लैले खाएर आफुलाई भोकै पारेको दुखेसोसहित गाउले आफैले चन्दा उठाएर घरघरै बाटो पुग्नेगरी डोजर लगाएको दृश्य बास्तबमै रहरलाग्दो थियो ।

बाटो भएपछि त गाउले जिवन पनि धेरै सजिलो  र स्वादिलो हुने रैछ । मोटरसाईकलमा घासको भारी बाधेर लगेको दृश्य हुदै  गाउका तरकारी र दुध मोटरसाईकलले गाउबाट नजिकका शहरतिर ओरालेको मजाले देख्न पाईयो । ‘कसैलाई केही हारगुहार पर्या भे मोबाईला फुन हान्देपछि उत्तिनखेरै गुटुटु ‘!!! , हो आजकाल गाउमा मोटरसाईकल महिमा यसरी नै गाईन्छ ।  बेलैमा अस्पताल पुर्याएर कतिको त ज्यान समेत बचाको रैछ येल्ले । टयाक्टरले घरघरै धानपराल पुर्याउने काम त दालभात नै भएछ ।रेमिट्यान्सकी जय ! भैसी बाध्ने किलोको आडैनेर धेरैजसोले कालो मोटरसाईकल पनि धोईपखाली टलक्क टल्काएर राखेका छन गाठे । पैसोले गरेछ काम।

अब यो फोटोको दृश्यतिर लागौ । दृश्य तनहुको एक गाउ घुम्दाको हो । मोटरसाईकलको फेसनले  उत्पातै गाजेर गाउलाई  अब डोजरले डामेको बाटोसमेत नचाहिने भएछ । तस्बीरमा घरको तगारोनेर दुईटा मोटरसाईकल मजाले अडयाएर राखेको देखिन्छ तर मोटरसाईकल आउने बाटो भने मुश्कीलले दुई – साढे दुई फिटको गल्ली । अग्लो  ठाडो  र भिरालो सिढि नाघदै मुलबाटो मोटरसाईकल चढेर भेटनु साच्चीकै कष्टकर छ यो गाउमा । यस्तो धरापमा मोटरसाईकल हाक्नुभन्दा यसलाई पनि डोजरले डामेर सिनित्त पार्ने हो कि?

कुनै बेला गाउमा ‘खच्चड’ भगवान थियो यतिबेला यो ‘दुईपाङग्रे घोडा’ गाउलेको दुखसुखको असल साथी बन्या रैछ । यसको जय होस ।

Create your website at WordPress.com
Get started
%d bloggers like this: