"नेपाली आकाशमा ७० मिनेट"

– मिलन बगाले

यो साता मैले भुई छोडें । पच्चीस बर्षे जिन्दगीको यो पहिलो अनुभव थियो। रोटे पिङको धुरीसमेत नाघिएको थिएन बिगतमा । ओखढुङ्गाको रुम्जाटारको लागि उडेको जहाज सिनामंगलको खेतैखेत उक्लिन थालेपछि ‘पशुपति नाघिएला कि’ भन्ने पिरलो पनि सजिलै पन्छिएको थियो ।

नेपाल एयरलाईन्सको उक्त ट्वीनअटर जहाज जब डाडो चढ्न थाल्यो, देशको राजधानीको हवाई दृश्य मजैले देखियो । जसै काठमाडौको आकाशे दृश्य देखियो हरिबंश आचार्यको याद आईहाल्यो । ‘डाडाको वीचमा ईट्टाको डुङ्गुर डुङ्गुरमा बस्छ सुङुरै सुङुर के हो? काठमाडौ ! नम्बर ! नम्बर !!  आफैलाई सुङुर भन्दै गर्वले फुलेर नम्बर मागिरहेको बबुरो हरिबंश । त्यो बबुराको याद काभ्रे मास्तीरको आकाशमा पुगेपछि बल्ल पातलो भो ।

जहाज जतिजति उकालो चढथ्यो आफुलाई सुरक्षीत ठानेर दङ परिन्थ्यो तर जब जहाज ओरालो झथ्र्यो र यसो दायाबाया कोल्टिन्थ्यो ‘लौ सकिने भईयो ‘ भनेर मनै भरङ्ग हुन्थ्यो । जहाजभन्दा मास्तिर आखा दौडाउदै गर्दा कपासझै उडिरहेका बादलका सेता टुक्रा र आखैभरि हेरिरहुझै लाग्ने हिमालको दृश्यले स्बर्ग यतै बरिपरि कतै छ कि भनेझै लाग्थ्यो । तर तल छङ्गाछुर भिर र र डम्मेरका सोलाझै तिखारिएका पहाड देख्दा ‘एकबारको जुनी यतै खोचतिर सकिने हो कि’ भन्ने पीरले उत्पातै घेथ्र्यो । रुम्जाटार जादा आउदा यात्राभर देखिएका डरलाग्दा डाडाकाडालाई मैले घोप्टेभीर, घ्याङफेदी, घुन्सा, भटटेडाडा र शिखरपुर आदि नाम दिएँ  र तर्सिएँ  पनि ।

 नाङ्गा बनपाखा । नजोतिएका गरा । रातामाटाका उजाड डाडा ।जसोतसो डोजरले डामेका धेरथोर बाटा । कुनै डाङडुङे ड जस्ता त कुनै कुकुरपुच्छ्रे ढ जस्ता । सबै लमतन्न पसारिएका । छरपस्ट बस्ती । खोचको मुनी सर्पझै गुडुल्कीएर सुतेका लामा खोलाले पनि निकै पिरले मलाई । खोलाको दायाबाया ढुंगेबगर । आडैमा काकाकुल गराकान्ला । पटपटी फुटेका जस्ता । पानीलाई उभोउभो बगाउने प्रबिधि नभएपछि ‘कुलो माथिका खेतहरु’  बेस्सरी रुदा रैछन । मैले त्यस्तै अनुभव गरें ।

बाहिरको दृश्य धेरैबेर हेरेपछि मैले जहाजभित्र आखा डुलाएँ । एकाध बाहेक धेरैजसो यात्रुको अनुहार गरिबीले डामेझै लाग्यो। उनीहरुको लवाई हाउभाउ, शुष्क अनुहार र डराएर कापेका आखाले त्यस्तै भाका बोलिरहेझै लाग्यो मलाई । ‘पैसा पुगेर यो हावाजहाज चढया हैन पापी डोजरले डाडा डाम्दीएन अनि डाडा ननाघी सुख्खै पाईएन’ यस्तै केही भन्न खोजेझै लाग्यो मलाई । एयरहोस्टेजले चकलेट र कपास बाडदै गर्दाको लुछाचुडी जात्रा र उनले ‘पख्नुस न पालैपालो दिन्छु नी’ भन्दै फकाउदै गरेको दृश्यले धेरै अर्थ लगाईरहेको थियो । किन आमै यतिधेरै कपास? हातभरी कपास मुठयाएकी एक बृद्धालाई मैले सोधें। ‘बत्ती कात्न काम लाग्छ नी  बाबु ‘  उनले कपास झोलातिर थन्क्याईन।

 बाहिरको दृश्य हेर्ने रहरले छोडेन। हरियो बन नेपालको धन एकादेशको कथा बन्न लागेझै जस्तो देखियो । डाडाका टुप्पाटुप्पामा  खर र टिनले छाएका घर र तिनका बरिपरिका ठुटाबुटा र पोथ्रापोथ्री हेर्दै मैले ‘रित्तो बन रित्तो मन’ को अनुमान गरे। कालाकाला डरलाग्दा ‘भालुपहाड’ देख्दा भने ‘बजियाले पेटभित्र सुनैसुन पो लुकाको छ कि ‘ भन्दै खुबै मुख मिठयाईयो पनि ।

 काठमाडौबाट ओखलढुगाको रुम्जाटार बिमानस्थल पुग्दा र काठमाडौ फर्किदाको सत्तरी मिनेटमा मैले ओखलढुंगा खोटाङ रामेछाप काभ्रे र काठमाडौको आकाशमा उडें होला। काठमाडौमा सिमेन्टीको खात र ईटाको डुङ्गुर भक्तपुरका बडाबडा ईट्टाभट्टाका चिम्नी र रामेछाप ओखलढुंगाका उजाड डाडाकाडा देख्दा मेरो मन एकतमासको भो । पाखामा बस्ने पाखेका कष्टकर जीवन लाई सरकारी पैसामा यस्ता धेरै डाडाकाडा धेरैपटक नाघेका सिहदरबारका हुटटीट्याउहरुले फिटिक्कै आत्मसात गरेझै लागेन।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पानीपधेरो बनाउनेहरुले यसलाई ‘गंगबु बसपार्क] को संज्ञा दिएपनि मलाई भने यो सुन्दर नै लाग्यो । तर रुम्जाटार विमानस्थललाइ पुगेपछि फेरि मन भरङ भो । बास र चित्राले बनेको यात्रु प्रतिक्षालय, बासकै गेट, कच्ची र जीर्ण धावनमार्ग  थोत्राथोत्री भवन र शौचालयबिहिन विमानस्थल देखेपछि नेपाली क्याप्टेनहरुलाई धन्यबाद दिन मन लाग्यो । नेपाली आकाशमा जहाज प्रबिधिको आडमा होईन ,क्याप्टेनको आट र सिपको बलमा, उडाईदो रैछ । ‘हावामा उडाउन बाध्य पारिएका’ नेपाली क्याप्टेनहरुको जय होस।

पहिरोको सर्बोच्चता

.fullpost { display: inline; }
           मिलन वगाले

सगरमाथा होचिएर
अनायसै अग्लिएको सर्बोच्चता
यतिबेला
चुक घोप्टिएको बिबेक बोकेर
यात्रारत छ सडकमा
लाठीसगै।
उता
भित्तो नराम्ररी तासिएर
कान्लो दिनदिनै भासिदैछ

धार्नी पुर्याउन भनेर
कान्लोमुनि भेला भएका
भ्यागुताहरु बेखबर छन पहिरोबाट।
ए कोही छ?
कान्लो भास्सिएर
माटो मास्सिदैछ
घोचाले घोचेर 
थाम्न सकिन्न पहिरो ।
लाठी नाच नाच्दै गरौला
आऊ
सबैका हातले ठेलेर
पहिरोको सर्बोच्चता भत्काऊ ।
बाकी भागशान्ति गर्दै गरौला।

तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको ?

तो केजाती बजेट न’आर हो बाबु हाम्ले भत्ता नपाको? तनहुँको बर्लाची गाउमा भेटीएकी ८० बर्सीया पुतली बिक ले लामो समयदेखि बृद् भत्ता नपायेको गुनासो गरिन्। तस्वीर:मिलन बगाले

गल्लीमै गुडछ सरर………….

 (शब्द/तस्वीर : मिलन बगाले)

यसपालीको घर बसाई र धेरैतिरका गाउ घुमाईमा केही रमाईला दृश्य देख्न पाईयो । गाई भैसी हिडने गाउका डहरलाई डोजरले डामेको दृश्य । यो निकै लोभलाग्दो र रहरलाग्दो थियो । बिकासको सप्पै भाग शहर एक्लैले खाएर आफुलाई भोकै पारेको दुखेसोसहित गाउले आफैले चन्दा उठाएर घरघरै बाटो पुग्नेगरी डोजर लगाएको दृश्य बास्तबमै रहरलाग्दो थियो ।

बाटो भएपछि त गाउले जिवन पनि धेरै सजिलो  र स्वादिलो हुने रैछ । मोटरसाईकलमा घासको भारी बाधेर लगेको दृश्य हुदै  गाउका तरकारी र दुध मोटरसाईकलले गाउबाट नजिकका शहरतिर ओरालेको मजाले देख्न पाईयो । ‘कसैलाई केही हारगुहार पर्या भे मोबाईला फुन हान्देपछि उत्तिनखेरै गुटुटु ‘!!! , हो आजकाल गाउमा मोटरसाईकल महिमा यसरी नै गाईन्छ ।  बेलैमा अस्पताल पुर्याएर कतिको त ज्यान समेत बचाको रैछ येल्ले । टयाक्टरले घरघरै धानपराल पुर्याउने काम त दालभात नै भएछ ।रेमिट्यान्सकी जय ! भैसी बाध्ने किलोको आडैनेर धेरैजसोले कालो मोटरसाईकल पनि धोईपखाली टलक्क टल्काएर राखेका छन गाठे । पैसोले गरेछ काम।

अब यो फोटोको दृश्यतिर लागौ । दृश्य तनहुको एक गाउ घुम्दाको हो । मोटरसाईकलको फेसनले  उत्पातै गाजेर गाउलाई  अब डोजरले डामेको बाटोसमेत नचाहिने भएछ । तस्बीरमा घरको तगारोनेर दुईटा मोटरसाईकल मजाले अडयाएर राखेको देखिन्छ तर मोटरसाईकल आउने बाटो भने मुश्कीलले दुई – साढे दुई फिटको गल्ली । अग्लो  ठाडो  र भिरालो सिढि नाघदै मुलबाटो मोटरसाईकल चढेर भेटनु साच्चीकै कष्टकर छ यो गाउमा । यस्तो धरापमा मोटरसाईकल हाक्नुभन्दा यसलाई पनि डोजरले डामेर सिनित्त पार्ने हो कि?

कुनै बेला गाउमा ‘खच्चड’ भगवान थियो यतिबेला यो ‘दुईपाङग्रे घोडा’ गाउलेको दुखसुखको असल साथी बन्या रैछ । यसको जय होस ।

Create your website at WordPress.com
Get started
%d bloggers like this: