मिलन बगाले
‘वाईसीएल सुधार गृह हो दाई । सुध्रीनपर्ने धेरै छन सुधार्ने जाना हामी थोरै छम । त्यसैले गडबडीकै खबर बाक्लो आम्छ नी । दुई चार बर्खमा हेर्नुला दाई नराम्रो कुरो कनिका जती नी बाकी रन्न’, टाईगर उर्फ खगेन्द्धप्रसाद जोशी निकै आशाबादी कुरो गर्छन । बझाङ्ग चैनपुरकाउनी बीस बर्षका भए । बिगत दुई बर्षदेखी काठमाडौको मैतिदेबीमा छन । उनी वाईसीएल काठमाडौ ३२ नम्बर एरिया आर्क बी का अधक्ष्य हुन ।
सी एम ए गरेका रैछन खगेन्द्धले । एउटा मेडिकलमा काम गर्दारैछन । भर्खर भर्खर काम थाल्या रे। गस्ती गर्न गाउ छिरेको ‘राजाको सिपाईले’ चैनपुर गाउमा दिदीबहिनीको ईज्जत लुटेको घटनाले आफ्नो मनमा सरकारबिरोधी बिउ रोपिएको र त्यो माओबादी बनेर झ्याङ्गीएको कुरो उनले सुनाए। ‘राता केकेजाती किताब पढेर माओबादी बन्या हैन दाई । यस्ता कुरा धेरै बुझ्दीन पनि । समाज पढेर लाग्या नी ‘ किन माओबादी बन्या तनी भन्ने प्रश्नको काईदाको उत्तर दिए उनले। ‘जंगल चै छिरिएन दाई। पहिला पढम अनि लडम्ला भन्या लडनै परेन नी, शान्ती आईहालो ” लडन नपरेको खुशीयालीचाही उनको अनुहारभरी मजैले पोखिएको थियो।
कमरेड टाईगर बाघजस्ता छैनन। न त बिरालोजस्तो नै। उनी खरायोजस्तै शान्त छन । उनलाई भेटदा म छक्कै परे। वाईसीएल’मेरो मनको ‘बाघ’ थियो । यस्तो कमलो मनको केटो कसरी वाईसीएल? मैले यै प्रश्न तेस्याए उनलाई। ‘तपैहरुलाई यही त भरम छ दाई ! वाईसीएल भन्नासाथ मुस्तन्डे र भुस्तीघ्रेको चित्र बनाई हाल्नुहुन्छ मना। कुरो तेसो हैन ।सबैतिर जाने ढोका बन्द भएर आपराधिक कर्ममा लागेका र जिन्दगीसग थाकेर मोर्न ठिक्क परेकालाई जिन्दगीको उज्यालो देखाईदिएका छौ। बाच्न सिकाएका छौ। यो भन्दा ठुलो धर्म अरु क्यै होला र दाइ’ ! बोल्ने तालीम राम्रै पाएझै लाग्ने उनले यक्ष प्रश्न मतिर तेस्र्याए।
मेडिकलमा काम गर्ने खगेन्द्ध बिरामीलाई सुई घोच्दा छिसिक्क पनि नदुखोस भनेर सचेत हुन्छन रे । ‘हाम्रो गामतिर मिठो बोलीबचन र राम्रो आनीबानीको चलन छ दाइ, त्यै छाप ममा परो होला’ वाईसीएलले राम्रो चालचलनको तालीम दिएछ कि भन्ठानेको हैन रैछ।यो उनले गाउतिरबाटै बोकेर ल्या रे।
‘पिटन हुन्न। गोदन हुन्न। नमिठो बोल्न हुन्न। मान्छे मार्न त हुदै हुन्न। पिटाई खाको मान्छे त रगत चाखेको बाघजस्तो हुन्छ।ढिलो चाडो साटो फेर्छ। हामी आफैले न्याय दिदै हिन्न नी हुन्न। तै भर हामी सिर्जनशील बन्ने ध्याउन्नमा छौ ‘ कम्ती घतलाग्दा छैनन उनका कुरा। सुधारगृह हो भन्छन वाईसीएल लाई । सुध्रन पर्नेले उपध्रो गर्छन रे। अनि सब भताभुङ्ग हुन्छ गतिला कामपनि । वाईसीएल एकदिन पुरै सफासुध्घर बन्नेमा आशाबादी छन उनी।
‘के के गर्यौ तनी वाईसीएलमा लागेर मिठामसिना काम’? अलि बलियो परेछ क्यारे प्रश्न सोचीओरी जवाफ दिए उन्ले – ‘सरसफाई बृक्षारोपण र रक्तदान दाई । ए साचै आफ्नो कमजोर पकेट काटेर कति बेखर्चीको उद्दारसमेत गर्या छम नी’ । उनले लामै फेहरिस्त सुनाए।
खगेन्द्धको सन्देश छ – वाईसीएल भनेर नतसर्म। यो हान्ने गोरुको नाम हैन। घर पुरै नबनिकन सर्यो भने छतबाट खसिएला भर्याङ्गबाट लडिएला। सबैतिर ह्वाङ ह्वाङ। हाम्रो वाईसीएल पनि छिट्टै राम्रो र न्यानो घर बन्छ। भोली यो मन्दिरभन्दा पबित्र बन्नेछ दाई ।
मैले यी पङती लेखुन्जेलसम्म वाईसीएलले कतिजनाको ढाड खुस्काईसक्यो होला ह खगेन्द्ध भाई? सरी सरी, टाईगर कमरेड ल।